विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली आफूले चढि रहेको गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिएका छन ।

कोरोना संक्रमितहरुले बेलामा एम्बुलेन्स नपाएर अस्पताल जान नसकेर बिभिन्न समसिया खेपी रहेकोले स्वास्थ्य सम्बन्धी विषयलाई ख्याल गर्दै आफूले प्रयोग गर्दै आएको गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग निर्णय गरेको हो ।

शुक्रबार विज्ञप्ति प्रकासित गरी मेयर पराजुलीले कोरोनाको बढ्दो संक्रमणका कारण बिरामीले समयमा एम्बुलेन्ससमेत नपाउने गरेको गुनासो आएकोले बिरामीलाई अस्पतालसम्म लैजान र घरसम्म ल्याउने कार्यको लागि गाडी प्रयोग गर्न दिएको जनाएका छन । “तोकिएका सवारी साधन प्रयोग गर्न महानगर कार्यालय अथवा हाम्रो सचिवालयमा सम्पर्क गर्न सकिने छ । यो संकटको घडीमा हामी आफू आफ्नै मोटरसाइकल प्रयोग गरेर नगरवासीको सेवामा सदैव समर्पित हुने पनि जानकारी गराउँदछौं” पराजुलीले प्रकासित गरेको विज्ञप्तिमा भनिएको छ ।

त्यसै गरी नेपाली कांग्रेस विराटनगर महानगर समितिका सभापति अरुण न्यौपानेले पनि आफ्नो गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्न विराटनगर महानगरलाई उपलब्ध गराउने निर्णय गरेको हो । यो निर्णय गरेको विज्ञप्तिमार्फत जानकारी गराएका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!