भक्तपुर । भक्तपुरमा कार्यरत ५ पत्रकारहरुलाई नयाँ भेरेयिन्ट सहितको कोरोना भाइरसको संक्रमण भएको छ ।
कोरोना भाइरसको दोस्रो लहर शुरु भएयता नेपाल पत्रकार महासंघ शाखा भक्तपुरमा आवद्ध चारजना पुरुष र एक महिला गरि ५ जना पत्रकार संंक्रमित भएका हुन् । जसमध्ये एकजना अस्पतालमा उपचाररत छन् भने तीन जना होम आइसोलेसनमा छन् । एक संक्रमित संक्रमण मुक्त भएर घरमा स्वास्थ्यलाभ गरिरहेको छन् ।
संक्रमित पत्रकारको परिवारलाई पनि संक्रमण भएको पाइएको छ । केही पत्रकारहरु कन्ट्याक्टमा परेर होम आइसोलेशनमा बसिरहेको पत्रकार महासंघ भक्तपुरले जनाएको छ ।
अस्पतालमा रहेका पत्रकारको अवस्था गम्भीर रहेकाले उनको आइसीयुमा राखेर उपचार भइरहेको बताइएको छ । उहाँका लागि आर्थिक सहकोगको लागि महासंघको केन्द्रमा उमन्वय भइरहेको नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका अध्यक्ष जगत कृष्ण प्रजापतिले जानकारी दिनु भयो ।
संक्रमित र उहाँको परिवारलाई महासंघ भक्तपुरको तर्फबाट आवश्यक स्वास्थ्य सामग्री लगायतको सहयोग उपलब्ध गराउँदै आएको पनि अध्यक्ष प्रजापतिले बताउँनु भयो ।
उहाँले महासंघमा आवद्ध बाहेक अन्य पत्रकारमा पनि संक्रमण भएको हुन सक्ने भन्दै यसको बिषयमा पनि जानकारी बटुल्दै गरेको बताउनु भयो ।
अन्य पत्रकारमा पनि कोरोना संक्रमण हुन सक्ने भन्दै सबैले स्वास्थ्य मापदण्ड अपनाएर मात्र कार्यक्षेत्रमा खटिन अध्यक्ष प्रजापतिले आग्रह गर्नु भएको छ ।