हिपमत डटकम

शुक्रबार, बैशाख २४, २०७८ || 419  पटक पढिएको

पर्सा जिल्लाको वीरगंज महानगरपालिका-१७ स्थित सडकमा बीआर ०५ एएल ७९१५ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री सोही ठाउँस्थित अलौ बस्ने ४२ वर्षीय रियाजुल मियाँ कमरियाको बिहीबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नारायणी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी धादिङ जिल्लाको गल्छी गाउँपालिका-७ भल्टारस्थित सडकमा बा.४ ख ५७७३ नम्बरको टिपर अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल महेश खोलाको किनारमा खसेर बिहीबार राति दुर्घटना हुँदा टिपर चालक थाक्रे गाउँपालिका-१ बस्ने २८ वर्षीय सुर्य बहादुर जिसीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!