हिपमत डटकम

बिहिबार, बैशाख २३, २०७८ || 631  पटक पढिएको

काठमाडौं । कोरोना संक्रमणका कारण ‘छिछोरे’ फेम अभिलाषा पाटिलको मृत्यु भएको छ । कोरोनाका कारण ४७ वर्षीया अभिनेत्री अभिलाषा पाटिलको मे पाँचमा मृत्यु भएको हो ।

जानकारी अनुसार केही समय पहिले सुटिङका लागि उनी वाराणासी गएकी थिइन् । त्यहाँबाट फर्किएसँगै उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । अभिलाषाकी एक छोरा छन् ।

उनले ‘छिछोरे’, ‘गूड न्यूज’, ‘बद्रीनाथकी दुल्हनिया’लगायत फिल्ममा काम गरेकी थिइन् । त्यस्तै, उनलाई चर्चित मराठी अभिनेत्रीको रुपमा चिनिन्थ्यो ।

अभिनेत्री अभिलाषाको कोरोना संक्रमणबाट मृत्यु भएको खबर सबै भन्दा पहिले असिस्टेन्ट डाइरेक्टर परेश पटेलले सोसल मिडियामार्फत् सार्वजनिक गरेका थिए ।

उनले अभिलाषाकासँगको तस्वीर सेयर गर्दै लेखेका छन्, ‘मलाई यकिन गर्न मुस्किल भइरहेको छ कि यो नै हाम्रो अन्तिम तस्वीर हो । तपाईको आत्मालाई शान्ति मिलोस् । तपाईको धेरै याद आउनेछ अभिलाषा पटिल म्याम ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!