नेपालको विभिन्न जिल्लामा दर्ता भई सुनसरी जिल्लाको गाउँपालिका र नगरपालिकाहरुमा संचालित लघुवित्त वित्तिय संस्थाहरुले कोरोनाको माहामारीका बीचमा पनि गाउँगाउँमा गएर किस्ता उठाउदा कोरोनाको जोखीम बढेको गुनासो नागरिक अभियानमा प्रकाशन तथा प्रशारण भएपनि प्रहरीले वितिय संस्था माथि निगरानी गर्ने भएको छ । लघुवित्त वित्तिय संस्थाले समुदायमा गएर ऋण लागानि गर्ने, बचत संकलन र असुली गर्ने नाममा नियमित बैठक गर्ने काम जारी राखेकाले कोरोनाको त्रास एकारित र अर्को तिर किस्ता तिर्नका लागि समस्या भएका ऋणिहरुको गुनासो नागरिक अभियानमा प्रकाशसन भएपछि सम्बन्धीत निकायले समेत चासो देखाएको छ ।

जिल्लामा निषेधाज्ञा जारि गरिको भए पनि लघुवित्त संस्थाहरुले अहिले पनि गाउँ गाउँ गएर निर्वाद रुपामा किस्ता उठाईरहकाले त्यसमा प्रहरीले सूचना दिन आग्रह गर्दै निगानी बढाउने भएको छ । संस्थाका कर्मचारीहरुसंग कुरा गर्दा वहाँहरुको एउटै जवाफ दिनुहुन्छ कि हामीलाई माथि त्यस्तो कुनै आदेश आएको छैन । त्यही भएर हामी आफ्नो काममा आइरहेको प्रतिकृया दिन्छ ।

यता नेपाल राष्ट्रिय बैकंका प्रवत्ता देवाकुमा ढकालसंग कुरा गर्दा वहाँले भन्नुभयो, हामीले लघुवित्त संस्थाहरुका प्रमुख र लघुवित्त ऐसोसिएसनका पदाअधिकारीहरुलाई तत्कालको लागि गाउँ गाउँमा गएर किस्ता संकलन गर्ने काम बन्द गर्न निदेर्शन दिएका छौ ।

सुनसरीमा लघुवित्त संस्थाहरुले अनाधिकृत रुपमा गाउँघरमा बन्दाबन्दीको बीचमा ऋण लागानि गर्ने, बचत संकलन र असुली गर्ने नाममा नियमित बैठक गर्ने काम जारी राखेको भए त्यसको सूचना आग्रह गर्नुहुदै जिल्ला प्रहरी कार्यालयका प्रवत्ता डिएसपी नरेन्द्र कार्कीले कोरोनाको त्रास फैलिएको र थप फैलिने कुनै पनि कार्य गरेको वा गराएको पाए सूचना दिन आग्रह गर्नुभयो र गाउँ गाउँमा गएर काम गरेको पाए त्यसलाई तत्काल कार्वाही गार्ने प्रवत्ता कार्कीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!