विराटनगर । विराटनगर ११ स्थित म्याक्स इन्टरनेश्नल हस्पिटल एण्ड ट्रमा सेन्टर प्रालिले निशुल्क अनलाईन स्वास्थ्य परामर्श सेवा शुरु गरेको छ । कोभिड संक्रमणको प्रकोपका कारण प्रत्यक्ष उपस्थितिमा स्वास्थय सेवा लिन कतिपय बिरामीहरु हच्किइरहेको अवस्थामा प्रबिधिको प्रयोग गरि निशुल्क परामर्श सेवा शुरु गरिएको अस्पतालले जनाएको छ ।
सो अस्पतालले विरामीहरुलाई अनलाईन स्वास्थय सेवा प्रवाह गर्न विभिन्न विधाका विज्ञ चिकित्सक,एक ल्याब टेक्निसियन र एकजना नर्स सहितको टोली बनाएको छ । प्रत्यक्षरुपमा अस्पताल पुग्न समस्या भएका विरामीहरुले मोबाईल तथा फेसबुक मार्फत उक्त अस्पतालका चिकित्सकसंग सम्पर्क गरेर स्वास्थय सेवा लिन सक्ने अस्पतालका अध्यक्ष शत्रुधन प्रसाद यादवले बताउनुभयो ।
यसैगरि ल्याब परीक्षणको आवश्यकता भएका विरामीले समेत अस्पतालका टेक्निसियनलाई घरमै डाकेर आफुले परीक्षण गराउनुपर्ने नमुना पठाउनसक्ने ब्यवस्था मिलाइएको उहाँले बताउनुभयो । ल्याब परीक्षणमा भने निश्चित छुट सहितको सेवा उपलब्ध गराइने अस्पतालले जनाएको छ । अनलाईन सेवाकालागि अस्पतालले बालरोग बिशेषज्ञ डाक्टर सुमित घिमिरे,फिजिसियन डाक्टर लुस्युनकुमार यादव,जेनरल सर्जन डाक्टर रबिन्द्र तामाङ,हाडजोर्नी बिशेषज्ञ डाक्टर अरुण साह सम्मिलित टोली बनाएको छ । विरामी तथा सेवाग्राहीले तोकिएको समयमा बिशेषज्ञ डाक्टरहरुसंग सम्पर्क गर्नसक्नेछन ।
यसैगरि मेडिकल अफिसरबाट २४ सै घन्टा मोबाईल तथा सामाजिक संजालबाट सम्पर्कगरि स्वास्थय सेवा लिनसक्ने म्याक्स अस्पतालका मेडिकल अफिसर डाक्टर सुमित घिमिरेले बताउनुभयो ।
मोबाईलबाट निशुल्क सेवा लिन सो अस्पतालको ९८०२७७८८०५ मा सम्पर्क गर्न सकिने अस्तपतालले जनाएको छ । बिज्ञ डाक्टरहरुसंग अनलाईन सम्पर्क गर्ने समय बिहान १० बजेदेखी दिउसो १ बजेर ३० मिनेटसम्मको समय तय गरिएको अस्पतालले जनाएको छ । नविन कर्णले लेखेको समाचार ।