मोरङ । धनपालथान गाउँपालिका-७ कमलपुरी बस्ने उचितलाल सिंहको घरबाट सुनका विभिन्न गहना र नगद २५ हजार रुपैयाँ समेत गरी करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल मंगलबार राति चोरी भएको छ ।
चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।