झापामा भोलि बुधबार देखि पूर्ण निषेधाज्ञा लगाइने भएको छ । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को आज भएको बैठकमा भोलिदेखि पूर्णरुपमा निषेधाज्ञा लगाउने विषयमा निर्णय भएकाे हाे ।
झापामा सोमबारदेखि आंशिकरुपमा निषेधाज्ञा लगाइएको थियाे । बैठकमा सहभागी डिसीसीएमसीका सदस्य तथा जिल्ला समन्वय समितिका सभापति साेमनाथ पाेर्तेलका अनुसार भाेलि बुधबार राती १२ बजेदेखि सुरू हुने पूर्ण निषेधाज्ञा वैशाख मसान्तसम्म रहनेछ ।
आंशिक निषेधाज्ञामा विहान ११ बजेसम्म पसल खोल्न दिइएको छ भने जोरबिजोर प्रणालीमा यातायात संचालन भइरहेको छ । अब पूर्ण निषेधाज्ञा लागू भएपछि पसल, बजार, यातायात पूर्ण रुपमा बन्द गरिने छ ।
पछिल्लो समय झापामा कोरोना संक्रमणको भयावह बन्दै गएपछि थप सतर्कता अपनाउन डिसीसीएमसीको बैठकले बैशाख मसान्तसम्मका लागि पूर्ण निषेधाज्ञा गर्ने निर्णय गरेको छ ।