बीरेन्द्रकुमार साह

मंगलबार, बैशाख २१, २०७८ || 986  पटक पढिएको

बिराटनगर । मोरङको सुनवर्षि नगरपालिकाको एक कर्मचारिमा  कोरोना भाईरस पुष्टि भएसंगै सुनवर्षि नगरपालिकाको कार्यालय तथा नगरका सम्पुर्ण वडा कार्यालयहरुमा अति आवश्यक काम बाहेक सम्पुर्ण कामकाज बन्द गर्ने निर्णय गरेको छ ।

यो निर्णय भोलि २२ गतेदेखि लागु हुने सुनवर्षि नगरपालिकाका मेयर कालिप्रसाद दासले हिपमत डटकमलाई जानकारि दिनु भयो । सुनवर्षि नगरपालिका भारतको खुल्ला सिमासंग जोडिएको नगरपालिका भएको कारणले आफ्ना सम्पुर्ण नगरवासिहरुलाई यो महामारिको समयमा सचेत भएर आ-आफ्नो घरमा बसेर सहयोग गरिदिन हुन आग्रह समेत गर्नु भएको छ ।

यो महामारिको समयमा कोरोना भाईरसको संक्रमण फैलिन नदिन हामि आफै सचेत हुनु पर्दछ, बिवाह र भिडभाडमा जानु हुदैन यसो गर्दा केहि हदसम्म कोरोना भाईरस फैलिनबाट रोक्न सकिन्छ मेयर दासले अनुरोध गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!