हिपमत डटकम

सोमबार, बैशाख २०, २०७८ || 629  पटक पढिएको

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले राजधानी बाहिर रहेका सांसदहरुलाई तत्काल काठमाडौं उपत्यकामा आउन निर्देशन दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने निर्णय गरेसँगै जसपा अध्यक्ष ठाकुरको निर्देशनमा कार्यालयबाट सांसदहरुलाई फोन गएको थियो ।

फोनमा राजनीतिक परिस्थिति फेरिएकाले कुनै पनि बेला आवश्यक पर्ने भन्दै सांसदहरुलाई काठमाडौं उपत्यकामा आएर बस्न भनिएको थियो ।

जसपा केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले सांसदहरुलाई काठमाडौं बोलाएको पुष्टि गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!