हिपमत डटकम

आइतबार, बैशाख १९, २०७८ || 479  पटक पढिएको

काठमाडौं ।  कोरोनाबाट संक्रमित भइ उपचाररत पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्थामा सुधार हुन थालेको छ ।

नर्भिक अस्पतालले आइतबार विज्ञप्ती जारी गर्दै प्लाज्मा थेरापी विधिबाट उपचार गरिएकी शाहको स्वास्थ्यमा सुधार देखिएको जनाएको हो ।न

र्भिक अस्पतालका अनुसार, संक्रमित भइ नौ दिन अघि भर्ना भएकी शाहलाई गत बिहीबारदेखि प्ल्जामा थेरापी विधिबाट उपचार थालिएको थियो ।
अहिले उनको आइसीयूमै राखेर उपचार भइरहेको छ ।

अक्सिजनको हाइफ्लो सपोर्टमा उपचार जारी राखिए पनि स्वास्थ्य अवस्थामा क्रमिक रुपमा सुधार भइरहेको अस्पतालले जनाएको छ । नर्भिक अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाहको अवस्था भने सामान्य छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!