हिपमत डटकम

आइतबार, बैशाख १९, २०७८ || 785  पटक पढिएको

भारतको पटनामा कोरोनाको खोप लगाइदिने झुठो आश्वासन दिएर दुई व्यक्तिले एक युवतीको सामूहिक बलात्कार गरेका छन् । एक प्रहरी अधिकारीका अनुसार रकी र मन्टु नामक गरेका व्यक्तिले यस्तो अपराध गरेका हुन् । उनीहरुलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

प्रहरीका अनुसार मंगलबार साँझ एक स्वास्थ केन्द्रमा यी दुई व्यक्तिले युवतीलाई कोरोना खोप लगाइदिने आश्वासन दिएका थिए । त्यसपछि उनीहरुले जमुनापुर क्षेत्रस्थित एक सुनसान घरमा ती युवतीलाई लगे, अनि दुर्व्यवहार सुरु गरे ।
पीडितले प्रतिरोध गर्न खोजेपछि उनीहरुले हातखुट्टा बाँधे र मुखमा पनि रुमाल कोचिदिए । त्यसपछि सामूहिक बलात्कार गरेर उनीहरु फरार भए । प्रहरी अधिकारी भन्छन्, ‘केही समयपछि आफुलाई मुक्त गरेर पीडित घर पुगिन् र परिवारका सदस्यहरुसँग आफुसँग घटेको घटनाबारे भनिन् । त्यसपछि स्थानीय पुलिसलाई सम्पर्क गरियो ।’

आरोपितहरु जमुनानगरमा बस्थें । प्रहरीले आज बिहान उनीहरुको घरमा छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो । अधिकारीहरुका अनुसार पीडितको मेडिकल परीक्षण भइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!