हिपमत डटकम

आइतबार, बैशाख १९, २०७८ || 565  पटक पढिएको

प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेकी बालिका खड्काको मुद्दामा आइतबार थुनछेक बहस हुँदैछ ।

जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस हुने सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख गंगा पौडेलले बताए ।

वैशाख ९ मा नेकपा एमालेको मुख्यालय थापाथलीबाट प्रहरीले उनलाई पक्राउ गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीसँगै मुख्यालय निरीक्षण गर्न जाँदा बालिकाले मुख्यमन्त्री राईलाई गाली गरेकी थिइन् ।

बालिकालाई अभद्र व्यवहार मुद्दामा अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको महानगरीय प्रहरी वृत्त सिंहदरबारका डिएसपी हरि बस्नेतले बताए ।

मुख्यमन्त्री शेरधन राईले आफुलाई बिचल्ली बनाएको उनको आरोप छ । अभद्र व्यवहार मुद्दामा प्रहरीले यसअघि पनि उनीमाथि अनुसन्धान गरेको थियो । पटके आरोपी भएको हुनाले उनको मुद्दा जिल्ला अदालतमा दर्ता गरिएको हो । अभद्र व्यवहार मुद्दामा पहिलो पटक पक्राउ गरिएका आरोपीको मुद्दा जिल्ला प्रशासन कार्यालयमा दर्ता हुन्छ । सो मुद्दामा १ वर्ष कैद र १० हजार जरिवाना हुने कानुनी व्यवस्था छ । news source :- Ratopati

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!