हिपमत डटकम

आइतबार, बैशाख १९, २०७८ || 361  पटक पढिएको

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना भाइरसका बिरामीको उपचारका लागि अस्पतालमा शय्या नभएको भनी सरकारले दिएको सार्वजनिक अभिव्यक्तिको निन्दा गरेको छ। संकटका बेला राज्यले नागरिकलाई ढाडस दिनुको साटो लाचारी प्रकट गरेको कांग्रेसको आरोप छ। उसले सरकारको यस्तो अभिव्यक्तिलाई लज्जाको पराकाष्ट भनेको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार जारी गरेको विज्ञप्तिमा स्थितिको संवेदनशीलता दृष्टिगत गरी नागरिकलाई गम्भीर बन्न राज्यले अपिल गर्नुपर्नेमा उल्टै त्रास फैलाएको उल्लेख छ। संकटका बेला नगारिकमा हतास होइन, ढाडस र विश्वास प्रवाह गर्नु जिम्मेवार सरकारको कर्तव्य हुने उनले बताएका छन्। ‘सरकारले अस्पतालमा शड्ढया उपलब्ध गराउन नसकिने अवस्था आइसकेको सार्वजनिक रुपमा भन्नु लाचारी मात्रै होइन, गैरजिम्मेवारी पनि हो,’ विज्ञप्तिमा छ।

वर्ष दिन सत्ता द्वन्द्वमा बिताउने, संसद् विघटन गरेर मध्य महामारीमा चुनाव घोषणा गर्ने, समयमै पर्याप्त तयारी पनि नगर्ने, तीन महिनामा सबै नेपालीलाई खोप भनेर सस्तो लोकप्रियता बाँडने तर संकटका बेला अस्पतालमा बेड छैन भन्ने सरकारको अभिव्यक्तिको चौतर्फी निन्दा भएको छ। ‘भेन्टिलेटर, अक्सिजन आदि पर्याप्त छैन भनेर निरीहता प्रस्तुत गर्ने रु इतिहासकै सबैभन्दा गैरजिम्मेवार अभिव्यक्ति र जनताको जीवनप्रति खेलबाडको व्यवहार हो यो,’ कांग्रेसको विज्ञप्तिमा छ, ‘यस्तो निरीहता र अयोग्यताले आजको संकट पार लगाउन सकिन्नँ।’

लाचार अभिव्यक्ति बन्द गरी युद्धस्तरमा कोरोनाविरुद्धको संघर्षमा लागेर राज्यको क्षमता बिस्तार गर्न सरकारलाई अपिल गर्दै कांग्रेसले बेड, भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन सिलिन्डर आदिमा सरकारको वास्तविक क्षमता कति भन्ने प्रश्न गरेको आजको नागरिक दैनिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!