हिपमत डटकम

शनिबार, बैशाख १८, २०७८ || 486  पटक पढिएको

सरकारले अस्पतालमा राखेर कोरोना संक्रमितको उपचार गर्न नसकिने अवस्था आएको बताएपछि नेपाल चिकित्सक संघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘नेपाली जनताको स्वास्थ्यको जिम्मेवारी नेपाल सरकारको नै भएको हुँदा कोभिडको महामारीमा नेपाल सरकार, स्वास्थ्य मंत्रालयका आफ्नो दायित्वबाट पन्छिन नमिल्ने नेपाल चिकित्सक संघको ठहर छ’, संघका अध्यक्ष लोचन कार्की र महासचिव बद्री रिजालले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘महामारीको संक्रमण बढदै गइरहेको सुरुकै अवस्थामा श्रोत साधनहरुको राम्रो व्यवस्थापन गरी महामारी संग जुध्न सीमित संख्यामा रहेका अग्रपंक्तिका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई कोभिड बिरुद्धको खोप समयमा नै दिई सुरक्षित बनाई तदारुकताका साथ अगाडि बढनु आजको आवश्यकता हो ।’

 

संघले संक्रमितहरुको उपचारको क्रममा चिकित्सक तथा स्वास्थ्यकर्मीहरु स्वयम् नै संक्रमित हुँदै गइरहेको भन्दै उनीहरुको उद्धार, उपचार र व्यवस्थापन गरी महामारीको अन्त्य सम्म उपचार दिन सक्ने वातावरण तथा जनशक्तिको उचित ब्यवस्थापन गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेको छ ।

संघले यस महामारीको रोकथाम तथा उपचारका लागि विगतमा झैँ आवश्यक सहयोग र सहकार्य गर्न आफूहरु तयार रहेको पनि स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!