हिपमत डटकम

शनिबार, बैशाख १८, २०७८ || 362  पटक पढिएको

सर्लाहीमा तीनजना सवार मोटरसाइकललाई बसले ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् ।

गोडैता नगरपालिका–५ रामवनस्थित गडहियाबाट हरकठवातर्फ जाँदै गरेको ना ४ ख १०८९ नम्बरको बसले अनटेस्ट मोटरसाइकललाई शनिबार बिहान ठक्कर दिएको प्रहरीले जनाएको छ ।

 

ठक्करबाट मोटरसाइकल चालक रौतहटको गढीमाई नगरपालिका–८ का २६ वर्षीय जयचन्द्र साहको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनलाई जिल्ला अस्पताल मंलगवा लैजाने क्रममा बाटोमै मृत्यु भएको निमित्त सूचना अधिकृत प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए ।

सोही मोटरसाइकलमा पछाडि सवार गढीमाई नगरपालिका–८ कै ३५ वर्षीय बिगु साह र ९ वर्षीय विनेशकुमार साह घाइते भएका छन् । उनीहरु दुवैको बरहथवा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। news source :- Online khabar

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!