हिपमत डटकम

शनिबार, बैशाख १८, २०७८ || 708  पटक पढिएको

वीर अस्पतालमा एपेन्डिक्सको शल्यक्रिया गर्ने क्रममा बिहीबार रेनुका केसी आचार्यलाई कोरोना संक्रमण रहेको पत्ता लाग्यो । शल्यक्रियालगत्तै उनलाई कोभिड वार्डमा भर्ना गरियो । तर २४ घण्टा बित्दा पनि कुनै चिकित्सकले खोजखबर गरेनन् ।

आचार्यसँगै सो वार्डमा अन्य २५ जना कोरोना संक्रमित छन् । ती सबैका आफन्तको एउटै गुनासो छ– ‘चिकित्सक छन्, नर्स पनि छन् तर संक्रमितलाई छुन मानिरहेका छैनन् ।’

वीरमा मात्रै होइन, काठमाडौं उपत्यकाका प्रायः सबै कोभिड अस्पतालमा अहिले कोरोना संक्रमितको चाप थेगिनसक्नु छ । आफन्तको आकांक्षा पूरा गर्न चिकित्सकलाई हम्मे परिरहेको छ ।

सरकारी अस्पताल होस् वा निजी, सबैले आफ्नो क्षमताभन्दा माथि नै कोरोना संक्रमितको उपचार गरिरहेका छन् । काठमाडौंमा कोरोना संक्रमितलाई बेड मात्र नभई केहीथरी औषधिको पनि संकट पर्ने देखिएको छ ।

यही अनुपातमा संक्रमितको संख्या बढ्दै गए उपत्यकाका जेनेरल अस्पतालले कोरोना संक्रमितका लागि सबै बेड छुट्याए पनि धान्न कठिन पर्ने भएको छ । यो समाचार कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!