भक्तपुरमा एक किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले भारतिय किशोरलाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर खरिपाटीबाट खटिएको टोलीले भारतको मोतिहारी घर भएका १९ वर्षीय जितेन्द्र कुमार महतोलाई पक्राउ गरेको हो ।
चाँगुनारायण नगरपालिका–६ स्थित छालिङमा बस्ने किशोरले १६ वर्षीया किशोरीलाई बलात्कार गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
महतोले किशोरीलाई उनकै कोठामा गएर बलात्कार गरेको किशोरीका परिवारले दावी गरेका छन् । news source :- ratopati