हिपमत डटकम

शुक्रबार, बैशाख १७, २०७८ || 599  पटक पढिएको

भारतका पूर्व प्रधानमन्त्री डाक्टर मनमोहन सिंह कोरोना संक्रमण भएका छन् । ८८ वर्षीय सिंह गत १९ अप्रिलका दिन कोरोना संक्रमित देखिए पछि उपचारार्थ नयाँ दिल्लीको एम्स अस्पतालमा भर्ना भएका थिए ।

२९ अप्रिल अर्थात् १० दिनको उपचारपछि संक्रमण मुक्त भएपछि उनी ‘डिस्चार्ज’ भई घर फर्केका छन् । कोरोना संक्रमणको दोस्रो लहरमा भारतभरीबाट नकारात्मक समाचार आइरहेका बेला ८८ वर्षीय वृद्ध पूर्व प्रधानमन्त्री मनमोहन सिंहको स्वास्थ्य लाभको समाचारले सकारात्मक सन्देश दिएको छ ।

सिंहले गत ४ मार्चका दिन भारत निर्मित कोवैक्सीनको पहिलो डोज लगाएका थिए । एक महिनाकै अन्तरालमा उनले ३ अप्रिलका दिन कोवैक्सीनको दोस्रो ‘शट’ लगाएका थिए । मनमोहन सिंहको केसले के देखाएको छ भने कोरोनाविरुद्ध बनेका भ्याक्सिन लिएका व्यक्ति पनि कोरोना संक्रमित हुन सक्छन । भ्याक्सिनले कोरोना संक्रमण नहुने प्रत्याभूति दिँदैन । तर भ्याक्सिन लिएका व्यक्तिमा यसका फलस्वरूप बनेको एन्टीबडीले कोरोना संक्रमणलाई परास्त गरी स्वस्थ हुन महत्वपूर्ण भूमिका निर्वाह गर्छ । ८८ वर्षीय सिंहले गरेको स्वास्थ्य लाभले भ्याक्सिनको प्रामाणिकता, विश्वसनीयता, सान्दर्भिकता, उपयोगिता साबित भएको छ । news source :- Ratopati

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!