हिपमत डटकम

शुक्रबार, बैशाख १७, २०७८ || 516  पटक पढिएको

कञ्चनपुर, बैशाख १७ । भारतमा कोरोनाको संक्रमण तीव्र रुपमा फैलिन थालेपछि महाराष्ट्रलगायत विभिन्न राज्यमा मजदुरीका लागि गएका नेपालीहरू घर फर्कने क्रम बढेको छ। सुदूरपश्चिमका मुख्य दुई नाका गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाकाबाट दिनहुँ १ हजारभन्दा बढी नेपाल भित्रिरहेका छन्। नेपाल भित्रिरहेकामा जाँच गर्दा कोरोनाको संक्रमण देखा परेको छ। दोस्रो लहरमा तीव्र रुपमा कोरोनाको संक्रमण फैलिरहेका शहरवाट नेपाल भित्रिरहेकाहरूबाट सुदूरपश्चिममा समुदायमा संक्रमण फैलिने जोखिम उच्च बढेको छ।

गत वर्ष भारतमा कोराना संक्रमण देखा पर्न थालेपछि त्रासले नेपालीहरू घर फर्कने लहर चल्यो। नेपालमा पनि कोरोनाको संक्रमण देखा परेपछि गत वर्ष चैत ११ गतेदेखि सरकारले लकडाउन गर्दै अन्तर्राष्ट्रिय सीमानाका बन्द गर्यो।

भारतका विभिन्न सहरबाट घर फर्कन आएका नेपालीहरू सीमानजिकका भारतीय बजारका क्वारिन्टनमा करिब २ महिना बढीसम्म बसे। भारतमा रहेका नेपालीहलाई प्रवेश गर्न दिएपछि नेपाल भित्रिनेको घुइँचो लाग्यो।

मरे पनि आफ्नै भूमिमा मर्ने भनेर घर फर्केकाहरू स्वदेशमा रोजगार नपाएर परिवारमा बालबच्चाको पेट पाल्न नै समस्या भएपछि भदौ महिनादेखि पुन भारततिर जाने लहर चलेको थियो। भारतमा नयाँ प्रकारको कोरानाको भाइरसको संक्रमण देखा परेको र तीव्र रुपमा संक्रमण फैलिएपछि पुन नेपाल फर्कन थालेका छन्। नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!