हिपमत डटकम

बिहिबार, बैशाख १६, २०७८ || 685  पटक पढिएको

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गल्ती स्वीकार गरेको प्रतिक्रिया दिएका छन् ।

बुधबार मन्त्रिपरिषद्ले मुद्दा फिर्ता लिने निर्णय गरेकोप्रति प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्री ओलीकै नेतृत्वमा रहेको सरकारले मुद्दा चलाएको र अहिले आएर ओली नेतृत्वकै सरकारले फिर्ता लिएर गल्ती स्वीकार गरेको बताए ।

मधेसका माग भने अझै पूरा नभएको यादवको भनाइ छ । उनले भने, ‘अहिले जति पनि मुद्दा फिर्ता गरिएको छ, त्यो प्रशासनिक कार्य हो, गलत मुद्दा लगाइएका कारण ती फिर्ता हुनैपर्ने थियो, तर त्यसलाई मधेसको माग भन्दै प्रधानमन्त्रीले मधेसी जनतालाई भ्रममा पार्ने काम भइरहेको छ ।’

​मधेसको माग पूरा भयो कि भएन भन्ने कुरा मधेसी जनताले नै महसुस गर्नुपर्ने उनले बताए । ‘ढाँटेर, छलेर अब काम चल्दैन,’ उनले भने, ‘मधेसको पहिचान, राज्यको पुनः संरचना, समानुपातिक समावेशी, नागरिकताको विषय, संविधान संशोधनलगायतका माग नै मधेसको मुख्य माग हुन् ।’

यी माग पूरा नभएसम्म मधेसको अधिकार स्थापित नहुने अध्यक्ष यादवले बताए । पहिला फसाउने, मुद्दा लगाउने अनि त्यसपछि त्यसैको बार्गेनिङ गर्दै वार्ता गरेर आन्दोलन समाप्त गर्ने शासकहरुको नीति नै रहने उनको भनाइ छ ।

​‘प्रधानमन्त्री ओलीले अहिले मधेससँग त्यही गेम खेल्दैछन्,’ उनले भने, ‘मधेसको मुख्य मुद्दामा उनी प्रवेश नै गर्न चाहेका छैनन् ।’

सरकारले अहिले गरेको निर्णयबारे पार्टीमा कुनै छलफल नभएको उनले बताए ।

जसपा नेपालका अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री ओलीसँग वार्ता गर्दै फिर्ता लिनुपर्ने २४ थान मुद्दाको फाइल बुझाएका थिए । त्यसमध्ये १५ थान मुद्दा सरकारले फिर्ता लिएको छ भने अन्य मुद्दा फिर्ताको प्रकृयामा रहेको नेताहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!