हिपमत डटकम

बिहिबार, बैशाख १६, २०७८ || 466  पटक पढिएको

काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित सडकमा बा.६१ प १५३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक कीर्तिपुर नगरपालिका-१० बाघभैरब बस्ने ५० वर्षीय राजमान महर्जनको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल नेशनल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यसै गरी रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका-३ ठुलो पडरियास्थित सडकमा युपी ५५ एसी २६९२ नम्बरको मोटरसाइकलले लु.५५ प ९५८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुवै मोटरसाइकल अनियन्त्रित भई रोकी राखेको लु.३ त ५२८५ नम्बरको ट्याक्टरमा ठोक्किएर बुधबार दिउँसो दुर्घटना हुँदा युपी ५५ एसी २६९२ नम्बरको मोटरसाइकल चालक भारत घर भएका २६ वर्षीय छोटे श्रीवास्तवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका लु.५५ प ९५८० नम्बरको मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको र अवस्थामा सामान्य रहेको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसै गरी रौतहट जिल्लाको राजपुर नगरपालिका-३ अजाद चोकस्थित सडकमा ना.२३ प ७३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १६ फिट तल खसेर बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक बारा, बारागढी नगरपालिका-१ भवानिपुर बस्ने ४० वर्षीय प्रेमलाल पासवानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गौर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार बारा, बारागढी नगरपालिका-१ भवानिपुर बस्ने ४० को दिपलाल पसावानको सोही अस्पतालमा उपचार भइरहेको छ ।

त्यसै गरी पर्सा जिल्लाको वीरगंज महानगरपालिका-२६ अठराहास्थित सडकमा बा.४ च २१२० नम्बरको पिकअपको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका सुगौली बिर्ता बस्ने ४० वर्षीय मक्सुद आलमको बुधबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि वीरगंज हेल्थ केयरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको सम्बन्धमा सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!