बुधबार, माघ २२, २०७६ || 1062  पटक पढिएको

हिपमत डटकम
सिरिया , २२ माघ : सिरियाको इदलिब प्रान्तमा रुसी सेनाले गरेको हवाइ कारबाहीमा परी नौ जना सर्वसाधारण मारिएको समाचारमा जनाइएको छ । विद्रोहीलक्षित सो कारबाही परी कम्तीमा नौ जना सर्वसाधारण मारिएको बुधबार बिहान प्राप्त समाचारमा जनाइएको हो ।

रुसआवद्ध सेनाले बुधबार बिहानै सो क्षेत्रमा आक्रमण गरेको अधिकारीहरुले जनाएका छन् । मारिएका सर्वसाधारणमा केही बालबालिका पनि परेका मानवअधिकारवादी संघसंस्थाहरुले जानकारी दिएका छन् । ‘सिरियन अब्जरभेटरी अफ ह्युम्यान राइट्स’ले उक्त इदलिब क्षेत्रमा केही समय यतादेखि हिंसात्मक हमला नभएकोमा सोमबार यस प्रकारको हमला भएको पाइएको जनाएको छ ।

उक्त आक्रमण सोमबार बिहानबाट निरन्तर रहेको बताइएको छ । अधिकारीहरुले यस हवाई आक्रमण रुसआवद्ध रहेको सेनाले गरेको हुन सक्ने अनुमान गरिएको पनि प्राप्त समाचारमा जनाइएको छ । सिरियाली सरकारको सहयोगमा रुसमा विद्रोहीलाई लक्ष्यगरी रुसी सेनाले विभिन्न प्रान्तमा गर्दै आएको हवाई आक्रमणहरुमा बारम्बार सर्वसाधारणको मृत्यु भएको पाइन्छ ।

सिरियामा सन् २०११ को मार्च महिनाबाट यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै जनआन्दोलनमा शुरु भएको थियो । सो जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भयो । वर्षौँदेखि जारी गृह युद्धका क्रममा सिरियामा हालसम्म तीन लाख ७० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यहाँको यस प्रकारको गृहयुद्धबाट लाखौँ व्यक्ति घाइते भएका बताइएको छ । त्यसैगरी यहाँको हिंसामा परी दशौँ लाख व्यक्ति देशभित्र र छिमेकी देशमा शरणार्थी बन्न बाध्य भएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!