हिपमत डटकम

मंगलबार, पौष २२, २०८२ || 1696  पटक पढिएको

काठमाडौं — नायिका तथा निर्मात्री केकी अधिकारीले नयाँ फिल्म ‘पेट्रोल पम्प’ निर्माण गर्ने भएकी छन्। फिल्म ‘बोक्सीको घर’को टिमसँगै सहकार्यमा यो फिल्म बन्न लागेको हो।

केकीका अनुसार फिल्मको छायाङ्कन आगामी वर्ष २०८३ मा सुरु हुनेछ। सोही वर्ष उपयुक्त समय हेरेर प्रदर्शनमा ल्याउने तयारी गरिएको छ। कलाकार चयनको प्रक्रिया चलिरहेको र पूरा टिम टुंगो लागेपछि सार्वजनिक गरिने उनले बताइन्। ‘अहिले छलफल भइरहेको छ। कलाकारको टिम फाइनल भएपछि चाँडै सार्वजनिक गर्छौं,’ उनले भनिन्।

फिल्ममा केकी स्वयंको अभिनय रहने सम्भावना पनि उच्च रहेको उनको भनाइ छ। ‘पेट्रोल पम्प’का लागि निर्मात्री केकी र निर्देशक सुलक्षणबीच कागजी सम्झौता भइसकेको छ। फिल्मको कथा तथा पटकथा पनि सुलक्षणकै रहनेछ।

यो केकी र सुलक्षणबीच दोस्रो सहकार्य हो। २०८१ सालको सफल फिल्म ‘बोक्सीको घर’मा सुलक्षण निर्देशक तथा लेखक थिए भने केकी नायिका र निर्मात्रीका रूपमा संलग्न थिइन्।

‘बोक्सीको घर’ निर्माणकै क्रममा सुलक्षणले सुनाएको अर्को कथाले दोस्रो सहकार्यको आधार बनेको केकीले बताइन्। ‘एउटा राम्रो कथा थियो, त्यसैले यही कथामा फेरि सँगै काम गर्ने निर्णय गर्‍यौं,’ उनले भनिन्।

‘पेट्रोल पम्प’ सामाजिक कथामा आधारित फिल्म हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!