हिपमत डटकम

मंगलबार, पौष २२, २०८२ || 1798  पटक पढिएको

ताप्लेजुङ — गत मङ्सिरको अन्तिम सातादेखि बन्द रहेको ७३ मेगावाट क्षमताको सानिमा मिडल तमोर जलविद्युत् आयोजनाले पुनः विद्युत् उत्पादन सुरु गरेको छ।

पावरहाउससहित केही उपकरणमा देखिएको प्राविधिक समस्या समाधान भएपछि उत्पादन पुनः सुरु गरिएको आयोजना कार्यालयका प्रशासन प्रमुख तथा वातावरण अधिकृत करण गौतमले जानकारी दिए। उनका अनुसार समस्या देखिएकै समयमा प्रत्येक वर्ष गरिनुपर्ने नियमित मर्मतसम्भारको काम पनि एकैसाथ सम्पन्न गरिएको हो।

करिब दुई वर्षअघि व्यावसायिक उत्पादन थालेको यस आयोजनाबाट उत्पादित विद्युत् वसन्तपुर सबस्टेसनमार्फत केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ। सानिमा मिडल तमोर ताप्लेजुङमा सञ्चालनमा रहेका जलविद्युत् आयोजनामध्ये सबैभन्दा ठूलो क्षमताको आयोजना हो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!