हिपमत डटकम

मंगलबार, बैशाख १४, २०७८ || 689  पटक पढिएको

प्रदेश नम्बर २ मा प्रदेशसभाका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि प्रदेशसभाको बस्ने भनिएको आजको बैठक स्थगित गरिएको छ । मंगलबार बस्ने तय भएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जनाइएको छ ।

प्रदेशसभाका निमित्त सचिव रञ्जितकुमार यादवले कोरोना भाइरस संक्रमणको लक्षण देखिएपछि स्वाब परीक्षण गराउँदा प्रदेशसभाका ३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । सोमबार दिउँसो प्रदेशसभाका सम्पूर्ण कर्मचारीसहित सभामुख सरोजकुमार यादव गरी ६५ जनाको स्वाब परिक्षण गरिएको थियो । सम्भवतः आज रिपोर्ट आउने प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!