हिपमत डटकम

सोमबार, बैशाख १३, २०७८ || 620  पटक पढिएको

काठमाडौं महानगरपालिका-६ बौद्ध कपन सरस्वतीनगरबाट १ किलो ८ सय ग्राम तौलको संरक्षित वन्यजन्तु सालकको खपेटा सहित २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धादिङ थाक्रे गाउँपालिका-३ डाँडाखर्क बस्ने ३० वर्षीय कुल बहादुर तामाङ र सोही ठाउँ बस्ने २० वर्षीय जयराम तामाङ रहेका छन् । संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान

कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उक्त खपेटा सहित फेला पारी पक्राउ गरेको हो ।
बरामद खपेटा सहित उनीहरुलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं बुझाइएको उक्त व्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!