हिपमत डटकम

सोमबार, बैशाख १३, २०७८ || 594  पटक पढिएको

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय, विपद् व्यवस्थापन महाशाखा सामाखुसीमा संचालित २०औं समूहको विपद् व्यवस्थापन आधारभूत तालिम समापन भएको छ ।

तालिम समापनका अवसरमा मंगलबार आयोजित एक कार्यक्रममा सोही महाशाखाका प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभयो । विपद् जस्तो विषम परिस्थितिमा पीडितको उद्दार गर्न तालिममा हासिल गरेको ज्ञान सिपलाई उच्चतम प्रयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।

जम्मा ४५ कार्यदिन अवधि रहेको उक्त तालिममा प्रहरी नायव निरीक्षक २ जना, प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी हवल्दार १ जना र प्रहरी जवान २६ जना गरी जम्मा ३० जना प्रशिक्षार्थीहरुले तालिम सम्पन्न गरेको तालिम संयोजक प्रहरी नायव उपरीक्षक भरत बहादुर बिकले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!