सोलुखुम्बु, थुलुङ दुधकोशी गाउँपालिका९५ मजुवास्थित ताम्ली खोलाको दहमा डुबेर सोही ठाउँ बस्ने बुद्धि बिककी ६ वर्षीया छोरी जेनिशा बिकको आइतबार दिउँसो मृत्यु भएको छ ।
खोलाको छेउमा खेल्ने क्रममा ढुङ्गाबाट चिप्ली खोलाको दहमा डुबेर उनको मृत्यु भएको हो ।
त्यसै गरी, सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका ५ स्थित भोटेकोशी नदीमा नुहाउने क्रममा डुबेर सोही गाउँपालिका १ स्थित निर्माणाधीन मध्यभोटेकोशी हाइड्रोपावरको सुरुङ मार्गमा काम गर्ने बैतडी डोगडाकेदार गाउँपालिका बैतडीढ़ बस्ने २६ वर्षीय रमेश बहादुर साउदको आइतबार दिउँसो मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।