हिपमत डटकम

सोमबार, बैशाख १३, २०७८ || 527  पटक पढिएको

नवलपरासी (पूर्व), बिनयी त्रिवेणीस्थित भित्री सडकमा लु.३ त १२७५ नम्बरको ट्याक्टर अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा ट्याक्टर चालक नवलपरासी ९पश्चिम० सुस्ता गाउँपालिका९३ कुडिया बस्ने २२ वर्षीय मुकेश हरिजनको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यसै गरी, रुपन्देही तिलोत्तमा नगरपालिका १५ कोटिहवा चोकमा लु.१ ख ६०६४ नम्बरको टिपरले लु.१ ख ९६८५, लु.१ ख ५७८८ नम्बरको बस र लु. च ७०१२ नम्बरको बलेरोलाई आइतबार दिउँसो ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा लु.१ ख ९६८५ नम्बरको बसमा सवार तिलोत्तमा नगरपालिका १५ बस्ने ८ वर्षीया जमुना हरिजन र ८ वर्षीया गंगा हरिजन रहेका छन् । जमुनाको घटनास्थलमै तथा गंगाको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका लु.१ ख ९६८५ नम्बरको बसमा सवार अन्य ५ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने घाइते भएका टिपर चालक २९ वर्षीय बलिराम पासीको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ । दुवै बस चालक र बलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसै गरी, धनुषा मिथिला नगरपालिका९८ कुसुम बिसौनास्थित सडकमा प्र.२-०२-००२ प ६०२६ र प्र.२-०२-००३ प २८७७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार दिउँसो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा प्र.२-०२-००२ प. ६०२६ नम्बरको मोटरसाइकल चालक सोही ठाउँ बस्ने २० वर्षीय भोला भन्ने अमरनाथ महतो र प्र.२-०२-००३ प २८७७ नम्बरको मोटरसाइकल चालक सोही ठाउँ बस्ने २६ वर्षीय सुनिल शर्मा रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको जानकी हेल्थ केयर जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका प्र.२-०२-००३ प. २८७७ नम्बरको मोटरसाइकल सवार सोही ठाउँ बस्ने २५ वर्षीय सन्तोष कुमार महतोको सोही हेल्थ केयरमा उपचार भइरहेको छ ।

त्यसै गरी, चितवन ईच्छाकामना गाउँपालिका९३ स्थित सडकमा ग.१ ख २९५९ नम्बरको माईक्रो र बा.६९ प ६०६९ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई मोटरसाइकल एनएल ०१३०९१ नम्बरको भारतीय ट्रकमा समेत ठोकिँदा मोटरसाइकल चालक धादिङ बेनिघाट रोराङ गाउँपालिका-९ बस्ने २५ वर्षीय झलक बहादुर श्रेष्ठको आइतबार राति घटनास्थलमै मृत्यु भएको छ । ट्रक र माईक्रो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!