काठमाडौं महानगरपालिका -९ सेतोपुलस्थित चौरमा हाल नाम, थर वतन नखुलेका करिब ३० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
झापा, कनकाई नगरपालिका-२ तिलकेनी गैह्री डाँडास्थित सामुदायिक वनमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
नवलपरासी -९ पश्चिम, प्रतापपुर गाउँपालिका-५ धर्मौलीस्थित कोटही मन्दिर नजिकै खाली जमिनमा सोही ठाउँ बस्ने २७ वर्षीय कौलेश कहाँर आइतबार मृत अवस्थामा फेला परेका छन् ।
भोजपुर, अरुण गाउँपालिका-१ घ्याङसिङ बस्ने ६९ वर्षीय बीर बहादुर पुलामी मगर आफ्नै घरदेखि करिब ३ सय मिटर टाढा भीर मुनी आइतबार मृत अवस्थामा फेला परेका छन् । वैशाख १० गतेदेखि हराएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।