हिपमत डटकम

सोमबार, बैशाख १३, २०७८ || 588  पटक पढिएको

काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रशासन कार्यालयमा सोमबारबाट अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ ।

काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले आजबाट अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेका हुन् ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले कार्यालयमा कार्यरत केही कर्मचारी संक्रमित भएकोले उक्त निर्णय लिएको हो । यस्तै उनीहरुको निकट सम्पर्कमा रहेका अन्य कर्मचारीहरु समेत परीक्षणको क्रममा रहेकाले कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरिएको प्रशासनले जनाएको छ ।

कोरोना संक्रमणको दर बढेकाले भीडभाड नियन्त्रण गर्न ललितपुर र भक्तपुर जिल्ला प्रशासनले अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!