हिपमत डटकम

आइतबार, बैशाख १२, २०७८ || 666  पटक पढिएको

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न ३ जना फरार अभियुक्तलाई प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कास्की पोखरा महानगरपालिका २५ ठुलीमुढी बस्ने २५ वर्षीया प्रिया क्षत्री भन्ने बिमला बिक, चितवन भरतपुर महानगरपालिका १९ बस्ने ४४ वर्षीय मौसम भन्ने केश बहादुर विश्वकर्मा र लम्जुङ दोर्दी गाउँपालिका १ घर भई चितवन डेरा गरी बस्ने ४१ वर्षीय नविन अधिकारी भन्ने नबराज अधिकारी रहेका छन् ।
उनीहरूमध्ये बिमलालाई कास्की पुम्दीभुम्दीबाट बिहीबार, केश बहादुरलाई चितवन भरतपुर महानगरपालिका ३ बाट शुक्रबार र नबराजलाई चितवन पुल्चोकबाट शुक्रबार पक्राउ गरिएको हो ।
उनीहरुमध्ये बिमलाले पीडितलाई फेसबुक मार्फत कुराकानी गरी राम्रो कमाई हुने काममा लगाईदिने भनि काठमाडौं कोटेश्वरमा रहेको दिपलक्ष्मी गेष्टहाउसमा शुरुमा वेटरको काम लगाई डर, धाक, धम्की देखाई वेश्यावृतिमा लगाएको, केश बहादुरले पीडितलाई राहदानी बनाउन सहयोग गरी भारतको बिभिन्न स्थानमा बन्धक बनाई श्रीलङ्कासम्म लगी अलपत्र बनाएको तथा नवराजले पीडितलाई लिबियामा क्यानेडियन कम्पनीमा महिनाको १ लाख ५० हजार रुपैयाँसम्म कमाई हुन्छ भनी प्रलोभनमा पारी दुवई हुँदै लिबियामा लगि कोठामा बन्धक बनाएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!