परीक्षा अगावै प्रश्नपत्र आउट गरेको अभियोगमा पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । विद्यार्थीहरूसँग मोटो रकम लिएर उनीहरुले परीक्षा हुनु भन्दा दुई घण्टा अगाडि नै प्रश्नपत्र आउट गरेको आरोप लागेको छ ।

पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका वडा नं ८ बस्ने बर्ष ४४ को कोमल प्रसाद गौतम, मादी नगरपालिका वडा नं ६ बस्ने बर्ष ३५ को गोपाल कार्की, रूपन्देही तिलोचन नगरपालिका वडा नं १२ बस्ने बर्ष ३० को विजय पोखरेल, गोर्खा भिमसेन थापा गाउँपालिका वडा नं १ बस्ने बर्ष ३२ को मिन प्रसाद भट्ट, गोर्खा गण्डागी गाउँपालिका वडा नं ३ बस्ने बर्ष ३१ को भरत पठन, गोर्खा नगरपालिका वडा नं ४ बस्ने बर्ष २६ को विकास खड्का, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं ४ बस्ने बर्ष २८ को निर्मल खड्का, महोत्तरी रामगोपालपुर नगरपालिका वडा नं ९ बस्ने बर्ष २९ को नानिपथ मण्डल, सप्तरी वोदेवरसाईन नगरपालिका वडा नं ७ बस्ने बर्ष २९ को जीवन कुमार यादव, सप्तरी अग्नीसायर कृष्णसवरण गाउँपालिका वडा नं ५ घर भई भक्तपुर लोकन्थली बस्ने बर्ष २६ को महेश यादव छ ।

पूर्वाञ्चल विश्वविद्यालय अन्र्तगतको इन्जिनियरिङ संकायको ३ वैशाखमा हुने स्नातक दोस्रो सेमेस्टरको फिजिक्सको परीक्षा हुनुभन्दा दुई घण्टा अगाडि बाहिरिएको थियो ।

१ बजेदेखि हुने फिजिक्सको परीक्षा हुनुभन्दा दुई घण्टा अगाडि कर्मचारीको मिलेमतोमा ११ बजे प्रश्नपत्र आउट भएको खुलेको थियो । प्रहरीले एक साता लामो अनुसन्धान गरी पक्राउ गरिएकालाई आज अपरान्ह जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गदैछ ।
प्रहरीले गहन रूपमा अनुसन्धान गरेपछि प्रश्नपत्र आउट भएको घटनामा संलग्नहरूलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले पुष्टि गरे । पक्राउ परेका विद्यार्थी र कर्मचारी सबैको नाम भने गोप्य राखेको छ ।
परीक्षा अघि प्रश्न पत्र सार्वजनिक भएपछि परीक्षा नियन्त्रक कार्यालयका प्रमुख प्रा डा सूर्यप्रसाद संग्रौलाले तत्काल अर्को प्रश्नपत्र बनाएर परीक्षा लिएका थिए । प्रश्नपत्र आउट भएपछि अनुसन्धान गर्न मोरङ प्रहरीमा निवेदन दर्ता गराएका थिए ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार प्रश्नपत्र आउट गर्ने कर्मचारीलाई प्रत्येक विद्यार्थीहरूले १० देखि २० हजार भन्दा बढी रकम दिएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!