हिपमत डटकम

आइतबार, बैशाख १२, २०७८ || 506  पटक पढिएको

पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार १२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ९ हजार २९२ पीसीआर र ७८६ को एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । उनका अनुसार पीसीआर विधिबाट गरिएको परीक्षणमा ३ हजार ३२ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट ९० जनामा संक्रमण पुष्टि भएको हो।

यसैगरी भक्तपुरमा ९६, ललितपुरमा २७० र काठमाडौंमा १ हजार १३२ गरी १ हजार ४९८ जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर २५२ जना आईसीयू र भेन्टिलेटमा ६५ जना रहेका छन् । मन्त्रालयका अनुसार देशभर कोरोनामुक्त हुने दर ९२.५ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!