हिपमत डटकम

आइतबार, बैशाख १२, २०७८ || 502  पटक पढिएको

काठमाडौं । कोरोना संक्रमण दर बृद्धि हुदै गएपछि स्वास्थ्य संकटबारे छलफल गर्न कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक बसेको छ ।

सीसीएमसीका अध्यक्ष उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले सीसीएमसीको बैठक भर्खरै सुरु भएको जानकारी दिए ।

आजको बैठकले मुख्य शहरमा लकडाउन, स्वास्थ्य सुरक्षाका मापदण्डको कार्यान्वयन लगायतका विषयमा छलफल हुने सीसीएमसीका एक सदस्यले जानकारी दिए । यसअघि शनिबार बालुवाटारमा प्रधानमन्त्रीसहित बसेको सीसीएमसीको बैठकमा स्वास्थ्य मन्त्रालयको प्रस्तावमा छलफल भएको थियो । उक्त छलफलमा प्रधानमन्त्री ओलीले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नभएको भन्दै असन्तुष्टि जनाएका थिए ।

सरकारी अधिकारीहरुका अनुसार कोरोना संक्रमण दर बढेपनि देशभर लकडाउन गर्ने नीति नलिएको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!