कलाकार मदनकृष्ण श्रेष्ठ लितपुरस्थित मेडिसिटी अस्पताल भर्ना भएका छन् । गत वैशाख ६ गते फेसबुकमार्फत आफू कोरोना संक्रमण पुष्टि भएका श्रेष्ठ छातीमा सामान्य समस्या देखिएपछि अस्पताल भर्ना भएका हुन् । शुक्रबार चेकअपका लागि अस्पताल लगिएकोमा चिकित्सकको सल्लाहमा अस्पतालमा नै राखेर उपचार भइरहेको छ । परिवारका बाँकी सदस्यहरु छोरा यमन, छोरी सराना र बुहारी रिंकु होम–आइसोलेसनमा छन् ।