चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध ४ हजार ४ सय ९८ ट्याब्लेट नाईट्राजेपाम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा महोत्तरी सम्सी गाउँपालिका २ बस्ने ४७ वर्षीय लाल बाबु नदाफ र २७ वर्षीय अलि हुसेन रहेका छन् ।
महोत्तरी गौशालाबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३-०१-००५ ख ९७२७ नम्बरको बसलाई लागूऔषध नियन्त्रण व्यूरो तथा महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका ८ गौशाला तिलगंगाबाट करिब २ ग्राम ५ मिली ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ, १ थान मोबाइल र नगद ४ हजार रुपैयाँ सहित सोही ठाउँ बस्ने सिरहा मिर्चैया नगरपालिका(६ घर भएका २३ वर्षीय रन्जित कुमार कारकलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
बा ९९ प ४१०८ नम्बरको मोटरसाइकललाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक कारकलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।