हिपमत डटकम

आइतबार, बैशाख १२, २०७८ || 435  पटक पढिएको

मोरङ केराबारी गाउँपालिका ३ का ३२ बर्षीय हस्त वहादुर राई शिकार खेल्दा आफ्नै साथीले चलाएको भरुवा बन्दुकको गोली लागी मृत्यु भएको खुलेको छ ।

यही बैशाख ८ गते साँझ उनि सोही स्थानमा रहेको बाँसघारी खोप सरकारी राष्ट्रिय बन जंगलमा सोही स्थानका ३७ बर्षीय गजेन्द्र राई र २६ बर्षीय रुबिन लिम्बुसंग शिकार खेल्न गएकोमा बैशाख ९ गते दिउसो गजेन्द्र र रुबिनले हस्त बहादुरको शिकार खेल्ने क्रममा आफैले चलाएको गोली लागी मृत्यु भएको भनि प्रहरीलाई खबर गरे लगतै घटनास्थलमा ईलाका प्रहरी कार्यालय केराबारीबाट प्रहरी टोली खटि गई घटनास्थलबाट १ थान भरुवा बन्दुक फेला पारेको थियो ।

घटना सम्बन्धमा थप बुझ्न ईलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी टोली खटि गई गजेन्द्र र रुबिनलाई पक्राउ गरी अनुसन्धान थालेको थियो । अनुसन्धानको क्रममा बैशाख ८ गते रातको ९ बजे गजेन्द्र राईले प्रहार गरेको भरुवा वन्दुकको गोली लागि हस्त वहादुर राईको घटनास्थलमा मृत्यु भएको खुल्न आएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । पक्राउ परेका उपर ज्यान सम्वन्धी कसूर र हातहतियार खरखजाना कसुरमा म्यादथप गरी थप अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!