हिपमत डटकम

आइतबार, बैशाख १२, २०७८ || 451  पटक पढिएको

प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएका छन्।

ओलीले आज बिहान १० बजे बैठक बस्ने गरी कमिटी बैठक बोलाएका हुन्।

एमाले कार्यालय सचिव शेरबहादुर तामाङले महाधिवेशन आयोजक कमिटी बैठक बस्न लागेको बताए।

बैठकका एजेन्डा खुलाइएको छैन।

ओलीले आकस्मिक रूपमा यो बैठक राखेका हुन्।

यसअघि ओलीले माधवकुमार नेपाल र झलनाथ खनाल पक्षविनै १९ सदस्यीय स्थायी कमिटीसमेत गठन गरेका थिए।

ओलीले माधव नेपाल पक्षका २७ सांसदलाई स्पष्टीकरण पनि सोधेका थिए। तीमध्ये अधिकांसले स्पष्टीकरण बुझाइसकेका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!