माेरङकाे रंगेली नगरपालिका ९ स्थित सखुवाथानमा पचपैनी निर्माणकार्य सुरु भएको सात बर्ष बितिसक्दा समेत उक्त कामले भने गति लिन सकेको छैन । नेपाल सरकार तथा प्रदेश सरकारले साे क्षेत्रका कृषकहरुकाे खेतमा सिचाइ पुर्याउने उदेश्यले सुरु गरेको याेजनाले भने गति लिन सकेको छैन । सरकारकाे निगरानी नहुदा ठेक्केदार काे लापरबाही का कारण उक्त याेजना अलपत्र परेको हाे ।
साे क्षेत्रमा रहेको सयाै बिघा खेतीयोग्य जग्गामा बर्षाे देखि कृषकहरु आकाशकाे भरमा खेति गर्ने बाध्य रहेका छन । पछिल्लो समयमा उक्त पचपैनी निर्माणकार्य सुरु भए पछि त्यस भेगका कृषकहरु अब सिचाइकाे लागि आकासकाे भर नपर्नु पर्ने भन्दै खुशिले दङ्ग भएका थिए । तर उक्त पचपैनीकाे निर्माणकार्यले गति नलिदा निरास भएकाे कृषक मंङ्गल दाहालले बताए ।

उक्त पचपैनी निर्माण नगर्दा साे पैनी छेउछाउमा बर्षाे देखि बस्दै आएका १५ घर परिवार समेत उच्च जाेखिमा रहेकाे छ । वर्षाकाे समयमा बाडि भेलका कारण साे क्षेत्रमा रहेको घरहरु समेत उच्च जाेखिमा रहेको स्थानीय पन्च चाैधरीले बताए । आफू हरुले बारम्बार ठेक्केदार कम्पनीहरु लाई आफुहरुकाे घर जाेखिममा रहेको र उक्त पचपैनी चाडैं निर्माणकार्य गर्ने बारम्बार जानकारी गराउदा समेत बेवास्ता गरेको राेशन लाल चाैधरीले बताए ।

पुर्वाअन्चल सिचाइ डिभिजन २ नम्बर सुनसरीबाट पहिलो पटक याकथुमहाङ्ज एण्ड विपी कन्ट्रक्सन जेभी लाहान लाई पचपैनी निर्माणका लागि ३ करोडौं ७७ लाख ५४ हजार ८ सय ९७ रुपैयाँमा ठेक्का दिएको थियोे । उक्त काम २०७१ मंसिर २३ ठेक्का पाएकाे र २०७२ माघ २२ निर्माणकार्य सम्पन्न गरेर सरकारलाई जिम्मा लगाई सक्नुपर्ने समझाैता भएको थियोे । तर कन्ट्रक्सनले भने विभिन्न बहाना बनाउदै जल उत्पन्न प्रकाेप नियन्त्रण तथा सिचाइ विकास डिभिजन कार्यलय बिराटनगरमा निवेदन हालेपछि साे कम्पनी लाई पहिलो पटक २०७३ साउन २१ देखि २०७४ असार १५ सम्मका लागि म्याद थप गरेको थियो । साे अबधिमा समेत काम सम्पन्न नगरेपछि पुनःकम्पनी लाई बिभाग २०७५ असार २५ देखि २०७६ असार २५ सम्म काम सम्पन्न गर्ने म्याद थप गर्दा समेत गरेको थियो । यसरी बारम्बार समय थप गर्दे ७ बर्ष बितिसक्दा समेत काम नसक्ने ठेक्केदरा लाई नेपाल सरकारले कार्वाही नगर्दा ठेक्केदार काे मनपरिका कारण साे याेजनाकाे काम भने अलपत्र रहेको छ । ठेक्केदारले १ करोडौं ६८ लाख २३ हजार ६ सय ७५ रुपैयाँ समेत काम गरेकाे रकम निकासा गरिसकेको छ ।

बारम्बार यसरी ठेक्केदारहरु लाई काम गर्ने म्याद थप गर्दा समेत निर्माणकार्य समय अबधि मै निर्माण सम्पन्न नगर्दा बिभागिय कार्वाही गर्ने भने सकेको छैन । बिपि जेभिका प्रमुख बैजनाथ झा का अनुसार आफुहरुले ५० प्रतिशत काम सम्पन्न गरि सकेको र आफूहरु लाई सुरुकाे अबस्थामा साे ठाउँमा काम गर्ने समस्या भएको कारणले समय अबधिमा काम गर्ने नसकिएको भन्दै पच्छिन समेत खाेजेका छन । रंगेली नगरपालिकाले आफ्नो नगर भित्र समेत यसरी ७ बर्ष देखि अलपत्र छाडेको याेजना समेत फर्केर नहेर्दाे कृषकहरु भने स्थानीय सरकार छ कि छैन भन्दै आक्राेस पाेखि रहेका छन ? अहिलेसम्म कुनै प्रतिनिधिहरु समेत साे याेजनाकाे रेखदेख समेत गर्ने नआउदा आक्राेसित समेत भएका छन । साे बिषयमा नगरपालिकाले समयमै ध्यानाकर्षण हुनु जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!