खबर ठुलो छ

ताप्लेजुङ । नेपाली कांग्रेसका फुङ्गलिङ नगर सभापति शिवकुमार गुरुङको कोरोना संक्रमणका कारण मृत्‍यु भएको छ ।

उपचारका क्रममा शुक्रबार बिहान ९:०० बजे बिएन्डसी हस्पिटल बिर्तामोडमा मृत्यु भएको पारिवारिक श्रोतले बताएको छ ।

पीसीआर परीक्षणमा ढिलाइ हुँदा सङ्क्रमितको मृत्युपछि मात्रै कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए ।

गुरुङको शवलाई झापामै अन्त्यष्टि गर्न आग्रहसमेत गरिएको उनले बताए । उनका अनुसार आफन्तले गुरुङको शव ताप्लेजुङ नै ल्याउने प्रयत्न गरिएको हो ।

प्रजिअ पाण्डेका अनुसार शवलाई झापामै अन्त्यष्टि गर्नका निम्ति प्रजिअलगायत अन्य सरोकारवालासँग समन्वय भइरहेको छ ।

शुक्रबार, बैशाख १०, २०७८मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया