हिपमत डटकम

शुक्रबार, बैशाख १०, २०७८ || 699  पटक पढिएको

काठमाडौं । एमालेले राष्ट्रियसभामा रिक्त सदस्य पदको निर्वाचनमा रामबहादुर थापा बादललाई उम्मेदवार बनाउने भएको छ ।

बालुवाटारमा बसेको शुक्रबार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले बादललाई उठाउने निर्णय गरेको हो । नेकपाको एकता भंग भएपछि माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य भएका बादल एमालेमा प्रवेश गरेका थिए। दल त्या गरेपछि उनको पद गुमेको थियो। पद गुमेपछि स्वत: मन्‍त्री पदबाट पनि मुक्त भएका बादललाई ओलीले फेरि गैरसांसदका रुपमा गृहमन्‍त्री नियुक्त गरेका थिए।

आयोगले राष्ट्रियसभा सदस्य चयनका लागि जेठ ६ गते निर्वाचनको मिति तोकेको छ। उपनिर्वाचनमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका प्रमुख, उपप्रमुख र प्रदेश सभा सदस्यहरुले मतदान गर्ने छन् । एक सय १० जना प्रदेश सदस्य र २ सय ३८ पालिका प्रमुख उपप्रमुख रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!