जनता समाजवादी पार्टी स्थापना भएको एक वर्ष पुरा भएको छ । सो उपलक्ष्यमा नेताहरुले शुभकामना गरेका छन् । पार्टीका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले हिमाल, पहाड, तराई–मधेश जोड्ने अग्रगामी वैकल्पिक शक्तिको रुपमा स्थापित जसपालाई सबैखाले अवसरवाद र देशी–विदेशी षडयन्त्रबाट बचाउँदै देशको नेतृत्वदायी स्थानमा पुर्याउन अपिल गरेका हुन् ।

समाजिक सञ्जालबाट अपिल गर्दै उनले जसपाको मूल आदर्श समावेशी, लोकतन्त्र, संघीयता, सुशासन, समतामूलक समृद्धि र समुन्नत समाजवादलाई कहिल्यै नबिर्सन पार्टी पङ्क्तिलाई आग्रह गरेका छन् । त्यस्तै, सोही पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले पनि पार्टी स्थापना दिवसको अवसरमा सबैमा शुभकामना व्यक्त गर्दै जसपा नेपाललाई देशको वैकल्पिक शक्ति निर्माण गर्नका लागि सम्पूर्ण पार्टी पंक्ति क्रियाशील हुन आग्रह गरेका छन् ।

तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल मिलेर २०७७ वैशाख १० गते जसपा नेपाल स्थापना भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!