हिपमत डटकम

बिहिबार, बैशाख ०९, २०७८ || 492  पटक पढिएको

काठमाडौँको गोङ्गबुमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

काठमाडौँ महानगरपालिका–२६ स्थित गोङ्गबु चोकमा प्रदेश नम्बरको ३–०१–००१ क ५३५२ नम्बरको मिनिट्रकले बा ६५ प ६७१६ नम्बरको स्कुटरलाई बुधबार ठक्कर दिँदा सर्लाही विष्णु गाउँपालिका–२ की १८ वर्षीया शिल्पा ठाकुरको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते ठाकुरको उपचारका क्रममा ग्राण्डी अन्तरराष्ट्रिय अस्पताल धापासीमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

दुर्घटनामा उदयपुर कटारिकी १८ वर्षीया क्रिस्मा विष्ट घाइते भएकी छन्।

घाइते विष्टको ग्राण्डी अन्तरराष्ट्रिय अस्पताल धापासीमा उपचार भइरहेको प्रहरीको भनाइ छ।

फरार रहेका मिनिट्रक चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!