रबिन्द्र बराल

बुधबार, बैशाख ०८, २०७८ || 773  पटक पढिएको

माेरङकाे रंगेली नगरपालिका वडा नम्बर ७ स्थित शुक्रवारे तथा लबटाली आसपासका स्थानीय हरु भुसिया कुकुरको आतंक बाट आतंकित भएका छन । केही महिना अगाडि देखि स्थानीय ले आफ्नो घरमा पालनपोषण गरेका खसी बाख्रा हरु लाई जाेगाउन हम्मेहम्मे परेको छ । रंगेली ७ का स्थानीय रामचन्द्र सहनी ले पाल्दै आएकाे माउ बाख्रा लाई १५ दिन अगाडि खेतमा चराई रहेको अवस्थामा बाख्रा लाई चारैतिरबाट घेरेर उक्त बाख्रा लाई घाइते बनाएर बाख्रा काे भुँडी नै बाहिर निकालेको रामचन्द्र सहनी ले बताए ।

उनलेे भने बाख्रा निकाे हुने आसमा आफुले २ हजार रुपैयाँ समेत खर्च गरिसकेकाे तर बाख्रो भने पैसा मात्रै खर्च भयो तर बचाउन सकिन । स्थानीय रबनिया ऋिषिदेव काे पनि एक बर्ष काे अबधिमा ४ बटा २० केजीको खसी समेत कुकुरको टाेकाई बाट उपचार गर्दा गर्दाे मेरेकाे दुखेसो पाेखे । अब हामीले कसरी खसी बाख्रा पालनपोषण गर्नु भन्दै बिलाैना गरिरहेका छन । गाउँ घरमा खान नपाएर अहिले कुकुर हरु सिकारी भएको र कुकुर ले खसी बाख्रा र सानाे बाछाबाछी लाई समेत टाेक्ने गरेको उनलाई बताए । सुरेन्द्र मंण्डल ले भने आफुले मकै राेप्दा समेत कुकुर हरुले सबै खाेस्रिएर बिगि्रएको र पुनः अर्को पल्ट राेप्नु परेको समेत बताए । भने केहिदिन अगाडि बिहान काे समयमा आफुले लगाएकाे मकै बारीमा जादाँ ७ बटा कुकुर ले आफुलाई चारैतिरबाट घेरा हालेर झम्टन आएपछि आफुलाई ज्यान जाेगाउन समेत मुस्किल भएको उनलेे बताए । नगरपालिकाले कुकुर हरु काे नियन्त्रण गरे अबकाे केही महिनामा भयावह अबस्था आउन सक्ने उनको बुझाई रहेको छ ।

 

पछिल्लो समायमा रंगेली बजार क्षेत्रमा समेत भुसिया कुकुर काे बिगबिगी रहेको र राति समयमा १० देखि १५ बटा कुकुर हरु बसपार्क , मुख्य बजार तथा नगरपालिका अगाडि राति ९ बजे देखि बिहान ५ बजे सम्म सडकमै रहने र माेटरसाईकल तथा पैदय यात्रि लाई झम्टने गर्ने गरेको स्थानीय हरु बताउँछन् । त्यसैगरी सुनवर्सि नगरपालिका ४ कासिजान मा समेत साता दिन अगाडि १२ केजी , २३ केजी ,२५ केजी र २० केजी का खसी कुकुर ले मारेको स्थानीय जीवन कुमार दास ले टेलिफोन बाट जानकारी दिए ।

रंगेली नगरपालिका पशुपंक्षी साखा का प्रमुख दिपक खतिवडा लेे भने पछिल्लो समयमा भुसिया कुकुर काे टाेकाई बाट रंगेली नगरपालिका ३ स्थित रंन्जनि का साेम मरन्डि ले घरमा पालेको १बटा सुँगुर,२ बटा गाई र ३ बटा बाख्रा लाई समेत कुकुर ले टाेकेकाे बिरामी समेत परेको र केही स्थानीय काे भने कुकुरको टाेकाई बाट गाई बाख्रा समेत मेरेकाे उनलेे बताए । उनलेे भने छिमेकी रतुवामाई नगरपालिका र पथरी नगरपालिकाले बिगत बर्ष देखि भुसिया कुकुर हरु लाई नियन्त्रणमा लिएर बन्धायाकरण गरे पछि अहिले भने साे ठाउँमा कुकुर हरु नियन्त्रणमा आएकाे उनलेे बताए । पछिल्लो समयमा नेपाल सरकार बाटै कुकुर हरु जथाभावी मार्ने नपाईने निर्णय गरेपछि अब रंगेली नगरपालिका ले पनि नयाँ आर्थिक बर्षमा कुकुर काे बन्धायाकरण काे बजेट छुटिएमा रंगेली नगरपालिका भित्र का भुसिया कुकुर काे बन्ध्याकरण गर्ने जरुरी रहेको खतिवडाले बताए । भुसिया कुकुर हरु काे नियन्त्रण काे बिषयमा समयमै ध्यान नदिए गाउँ पालिका तथा नगरपालिकाले ठुलाे क्षेती बेहोर्नु पर्ने देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!