हिपमत डटकम

बुधबार, बैशाख ०८, २०७८ || 643  पटक पढिएको

गुल्मीमा कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै ‘तपाईंको मास्क खै’ अभियान सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले जिल्ला सदरमुकाम तम्घास बजारमा ‘तपाईंको मास्क खै’ अभियान सुरु गरेको हो ।

कोभिड-१९ को जोखिम बढेको भन्दै गुल्मीमा प्रशासनको अगुवाइमा जिल्लास्थित राजनीतिक दलका प्रमुख, सुरक्षा निकाय, विभिन्न कार्यालय तथा सरोकारवालाहरुको अगुवाइमा सचेतना मुलक प्लेकार्डसहित बजार परिक्रमण गरिएको छ ।

कोरोना भाइरसबाट सुरक्षित रहन आम नागरिकलाई आग्रह गर्दै मास्क नलगाई यात्रा गर्ने सर्वसाधरणलाई सचेत गराउनका लागि ‘तपाईंको मास्क खै’ अभियान सुरु गरिएको हो ।

बजारक्षेत्रमा सर्वसाधरण र सवारी चालकलाई मास्क वितरण गर्दै अभियान चलाएको गुल्मी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् ।

मास्क प्रयोग नगरी हिँड्ने सर्वसाधरणलाई मास्क लगाउन, भौतिक दूरी कायम गर्न र साबुन पानीले हात धुन सचेतमुलक कार्यक्रम गरिएको शर्माले बताइन् ।

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै मास्क नलगाई सडकमा यात्रा गरिएको भेटिएमा प्रहरीले कारबाही समेत गर्ने प्रमुख जिल्ला अधिकारी शर्माको भनाइ छ ।

भारतमा कोरोना संक्रमणको दर बढेसँगै गुल्मीमा सतर्कता अपनाउन थालिएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले भिडभाड, जुलुस तथा र्‍याली गर्न रोक लगाएको छ ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्ऽको बसेको बैठकले संक्रमण बढ्न नदिन स्वास्थ्य मापदण्ड पालना गर्न सूचना जारी गरेको प्रमुख जिल्ला अधिकारी शर्माले बताइन् ।

मास्क अनिवार्यरुपमा लगाउन, भौतिक दूरी कायम गर्न तथा साबुनपानीले हात धुने कार्य गर्न पनि प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ । होटल, रेष्टुरेन्ट तथा मदिरा बिक्री वितरण गर्ने पसल व्यवसाय राति ८ बजेपछि बन्द गर्ने निर्णय भएको छ ।

सवारी साधनमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाउने पनि निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!