सरकारले कोरोना महामारी थप फैलन नदिन भिडभाड हुने क्षेत्रहरूमा कडाइ गर्ने भएको छ।

विद्यालय, रंगशाला, यातायात क्षेत्र, रेष्टुरेन्टलगायतमा भिडभाड हुन नदिने गरी व्यवस्थापन मिलाउन लागिएको हो।

कोरोनाको दोस्रो भेरियन्ट आएकोले नियन्त्रणका लागि विस्तृत आदेश जारी गर्ने निर्णय आज बिहान बसेको मन्त्रिपरिषद बैठकले गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले बताए।

‘कोरोनाको दोस्रो भेरियन्ट आइसकेकोले सरकारले विस्तृत आदेश जारी गर्ने निर्णय गरेको छ,’ मन्त्री त्रिपाठीले भने, ‘संघ, प्रदेश र स्थानीय तह, समाज र समुदाय तथा व्यक्तिका भूमिका र जिम्मेवारी के हुन्छ भन्नेबारे विस्तृत आदेशमा उल्लेख गरिन्छ।’

उनले विद्यालय बन्द गर्न नभई अनलाइनलगायतबाट पठनपाठन निरन्तर गरिने बताए।

‘विद्यालय बन्द गर्ने होइन। अनलाइनलगायत भौतिक उपस्थिति बाहेकका वैकल्पिक प्रणालीबाट शिक्षण सिकाइ क्रियाकलाप जारी राख्ने हो,’ उनले भने, ‘पहिले पनि अनलाइनबाट पठनपाठन गर्ने विधि अपनाइएको हो।’

सहरी क्षेत्रका विद्यालयमा अनलाइनबाट पठनपाठन गरिने उनले बताए।

साथै यातायातमा हुने भिड पनि कम गरिने उनको भनाइ छ।

‘स्वास्थ्य मापदण्डलाई कडाइ गर्ने भन्ने हो,’ उनले भने। सबै क्षेत्रबारे समेटिएको आदेश आजै जारी गरिने उनले बताएका छन्।

आदेश जारी भएदेखि आजैदेखि लागू गरिने उनले बताए। भिडभाड हुने क्षेत्र वैशाखभर नियन्त्रण गर्न लागिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!