रबिन्द्र बराल

सोमबार, बैशाख ०६, २०७८ || 766  पटक पढिएको

माेरङकाे रंगेली कानेपाेखरी सडक खन्ड अन्तर्गत कानेपाेखरी गाउँ पालिका २ स्थित गेउरीया पुल काे बारेमा बेलाबेलामा चर्चाको बिषय बन्दै आएकाे र विभिन्न अनलाइन तथा विभिन्न पत्रपत्रिका काे मुख्य समचार बन्दै आईरहेकाे छ ।

 

उक्त पुलकाे समचार कार्तिक महिनामा तयार पार्दा साे पुल चैत्र मसान्तसम्म सम्पुर्ण निर्माणकार्य समपन्न हुने भनिएता पनि अहिले साे पुल काे दुवै पिलर मात्रै बनाएर छाडेका छन । पिलर बनाएकाे एक महिना बितिसक्दा बाँकी काम भने अझै सुरु हुन सकेको छैन । सुरुमा कामकाे गति द्रुतगतिमा भएकाे थियोे र त्यस बेला चैत्र महिना देखि उक्त पुल पुर्ण रुपमा सन्चालन आउने ठुलाे आशा थियोे । तर अहिले पुलकाे काम कछुवा काे गतिमा काम भएको भईरहेकाे र यहि तरिका हाे भने यस बर्ष पनि वर्षको महिनामा आफू हरु ले दुख पाउने स्थानीय दुर्ग रेग्मीले बताए ।

 

बिगत ६ बर्ष देखि उक्त पुल अलपत्र भएता पनि ६ महिना अगाडि देखि पुल निर्मण सुरु भएता पनि चैत्र महिना देखि पुनः सुस्त गतिमा पुल काे निर्माण भईरहेकाे स्थानीय गणेश दहाल ले बताए । सडक डिभिजन कार्यलय माेरङ का प्रमुख पशुपति ज्ञवाली ले उक्त पुल निर्माण गर्नका लागि फिचर एन्ड सराउद्धिन जेवि लाई कडा निर्देशन दिएकाे र काम समेत सुरु भएको तर पुनः काम ले भने गति लिन सकेको छैन । उक्त पुल काे निर्माणकार्य २०७१ सालमा फिचर एन्ड सराउद्धिन जेवि ले ठेेेक्का पाएकाे थियोे । १५ मिटर लम्बाई पुल निर्माण गर्ने १ कराेड १८ लाख रुपैयाँ मा ठेक्का पाएकाे थियोे । सराउद्विन जेवि का प्रमुख सराउद्घिन अनसारी ले चैत्र महिना सम्म पुल काे सम्पुर्ण काम सम्पन्न गर्ने र बैशाख महिना देखि साे पुल बाट आवत जावत हुने भनेर जानकारी गराएता पनि हाल सम्म उक्त पुल काे पिलर मात्रै उठाएर छाडेकाे देखिन्छ ।

 

यसरी ठेक्केदार काे लापरबाहीका कारण समय अबधि मा निर्माणका सम्पन्न नगर्ने ठुला कम्पनी लाई किन सडक बिभाग का प्रमुख हरुकाे ध्यानाकर्षण नहुदा स्थानीयले बर्षाे देखि सास्ती भाेग्न बाध्य भएका छन । साे पुल निर्माणकार्य गर्ने का लागि साता दिन अगाडि ल्याएकाे १ सय बाेरा सिमेन्ट समेत अधिकान्स डल्लाे परेकाे ड्यामेज समेत भएको भेटिएको छ । उक्त कम्पनी ले पुनः साेहि सिमेन्ट प्रयोग गर्ने सक्ने भन्दै समयमै स्थानीयले सजक हुनुपर्ने समेत देखिन्छ । दैनिकी उक्त सडक बाट सयौं सवारीसाधन हरु आवतजावत गर्ने भएका ले अब चाहि पुल चाडै बन्छ कि भन्दै स्थानीय खुशिले हर्सित भएका थिए तर अहिले आएर भने पुल काे काम कछुवा काे गतिमा भईरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!