हिपमत डटकम

शनिबार, बैशाख ०४, २०७८ || 650  पटक पढिएको

विराटनगर । मोरङको केराबारीमा विवाह आयोजना गरिएको घरका सदस्यलाई आक्रमण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गत फागुन १५ गते भएकाे घटनामा संलग्नमध्ये दुई जनालाई प्रहरीले शनिबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा केराबारी गाउँपालिका–७ का २९ वर्षीय मुस्कान लिम्बू र ३० वर्षीय विश्वास चेम्जोङ लिम्बू छन् ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकाल नेतृत्वको टोलीले मुस्कानलाई सुन्दरहरैँचा नगरपालिका–१२ र विश्वासलाई केराबारीबाटै नियन्त्रणमा लिएको हो । पक्राउ परेकामध्ये मुस्कान घटनाका मुख्य नाइके हुन् ।

सो घटनामा संलग्न केराबारी–७ का २२ वर्षीय विशाल लिम्बू यसअघि नै पक्राउ परिसकेका छन् । दुई लाख रुपैयाँ धरौटी बुझाउन नसक्दा अदालतको आदेशबाट उनलाई पूर्पक्षका लागि थुनामा पठाइएको छ ।

घटनामा संलग्नविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योग र चोरी एवं डाँका मुद्दा चलाएको थियो ।

मादक पदार्थ सेवन गरेर पुगेको मुस्कान नेतृत्वको समूहले केराबारी–७ नर्कटेस्थित भागीमान लिम्बूको घरमा गत फागुन १५ गते बिहान ३ बजेतिर आक्रमण गरेको थियो । भगीमानकी छोरी २३ वर्षीया सम्झना लिम्बू र नुवाकोट घर भएका सुदीप राईबीचको बिहेको कार्यक्रम समापन भइसकेपछि घरेलु हतियार खुकुरी, भाला, रड, दाउरालगायतले आक्रमण गरेका थिए ।

साङ्घातिक आक्रमणमा परेर बेहुलीका बुवा ५९ वर्षीय भागीमान, दिदी ३० वर्षीया सविना लिम्बू (राई), कान्छा मामा केराबारी–९ का ४५ वर्षीय भगत याक्खा र बिहेमा बेहुलातर्फबाट जन्ती आएका भोजपुरको भोजपुर नगरपालिका–७ का ३३ वर्षीय रमेश राई घाइते भएका थिए ।

मादक पदार्थ सेवन गरेर पुगेको समूहले बिहेमा ‘साउण्ड सिस्टम’ बजाएर नाचगान गर्न पाउनुपर्ने माग राख्न थालेपछि बढेको विवाद साङ्घातिक हमलामा परिणत भएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!